रेशमको पार्टीले अघि सार्‍यो प्रत्‍यक्ष निर्वाचित कार्यकारीको एजेण्डा

रेशमको पार्टीले अघि सार्‍यो प्रत्‍यक्ष निर्वाचित कार्यकारीको एजेण्डा

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
Facebook
X
Email
Telegram

१४ कात्तिक, काठमाडौं। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले प्रत्‍यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको छ ।

दल दर्ताको निवेदन दिइसकेपछि बसेको पार्टीको पहिलो बैठकले प्रत्‍यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको पार्टीका अध्यक्ष कवीर सोबले जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘जेनजी आन्दोलनपछि नै हामीले अब प्रत्‍यक्ष निर्वाचित राष्ट्रप्रमुख रहनुपर्छ भन्‍ने शासन प्रणालीको विकास हुनुपर्छ भन्‍नेमा जोड दिएका छौं। चाहे त्यो प्रधानमन्त्री होस् या राष्ट्रपति। किनकी यो प्रणाली नभइ अब देशमा विकास सम्भव छैन।’

प्रत्‍यक्ष निर्वाचित भइसकेपछि देशमा स्थिर सरकार रहने र ५ वर्षसम्म ढुक्कले काम गर्न सक्‍ने वातावरण हुने उनको दाबी छ । ‘संसदीय प्रणालीमा सरकार अ्क गणित देखाएर फेरबदल भइरहने हुन्थ्यो। तर यसमा एक पटक प्रत्‍यक्ष निर्वाचित भइसकेपछि देशमा विकासका लागि सरकार स्थिर रहन्छ। विकासमा एजेण्डामा काम तीव्रगतिमा हुन्छ।’

यस्तै प्रत्‍यक्ष निर्वाचित अन्य पदहरू पनि हुनुपर्ने र त्यसमा समानुपातिक समावेशीको सिद्धान्त अनुसार अगाडि बढाउनेपर्ने नीति लागू हुनुपर्ने पार्टीको एजेण्डा रहने उनको भनाइ छ ।

बैठकले रेशम चौधरीलाई पार्टीको संरक्षकको रूपमा रहने समेत निर्णय गरेको छ।

हाल पार्टीको वरिष्ठ उपाध्यक्षमा अब्दुल खान, महासचिवमा डा. उमाशंकर प्रसाद चौधरी रहेका छन् भने कोषाध्यक्षमा, सचिव र केन्द्रीय सदस्यहरू पार्टीको केन्द्रीय कमिटीको बैठकले टुंगो लगाउने अध्यक्ष सोबले बताए ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »