‘कारागार प्रशासनकै आग्रहमा म निस्किएको हुँ’

‘कारागार प्रशासनकै आग्रहमा म निस्किएको हुँ’

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

२१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले नख्खु कारागार प्रशासनकै आग्रह र अनुरोधमा आफू कारागारबाहिर निस्किएको दावी गरेका छन् ।

जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा बयान दिँदै लामिछानेले त्यो दिन (भदौ २५ गते) तपाईं बाहिर ननिस्किए प्रदर्शनकारीहरूले कारागारमै आक्रमण र तोडफोड गर्ने अवस्था आउने भनेपछि आफू निस्किएर गएको भनी बयान गरेका हुन् ।

‘त्यो दिन म कारागारमै बसिरहेको थिएँ, प्रदर्शनकारीहरूले नाराबाजी र प्रदर्शन गर्दै हामी बसेको कारागारतिर आएपछि सुरक्षाकर्मीहरू र कारागार प्रशासनले जेल जोगाउनै नसक्ने अवस्था भएछ,’ लामिछानेको बयान उदृत गर्दै आयोगसम्बद्ध स्रोतले भन्यो, ‘बाहिरको प्रदर्शन बढ्दै गए र कारागारमाथि आक्रमण भए कैदीबन्दी नै जोगाउन नसक्ने अवस्था हुने भएपनि उहाँहरूले नै मलाई गइदिनुपर्‍यो भनेपछि म निस्किएको हुँ ।’

जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरूले दुई दिन नख्खु कारागारको स्थलगत निरीक्षण गर्नुका साथै त्यहाँका कैदीहरूको नाईके तथा भाइनाइकेहरूसँग सोधपुछ गरेको थियो । स्थलगत अध्ययन र सोधपुछपछि आयोगले १९ कात्तिकमा लामिछानेको बयान लिएको हो ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »