चितवनमा बस्ती पसेको बाघको आक्रमणबाट एक जना घाइते

मृत्युदण्ड लाइभ गर्ने योजना ट्रम्पद्वारा रद्द
Facebook
X
Email
Telegram

३१ साउन, काठमाडौं । चितवनमा गाउँ पसेको बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

राप्ती नगरपालिका-१ डिपाट बस्तीमा पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् ।
आइतबार बिहान अन्दाजी ६:४० बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको थियो ।
घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको छ ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहान ११:२७ बजे बाघलाई नियन्त्रणमा लिएको छ ।

उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »