मदन भण्डारीलाई कांग्रेसले लगाउन बिर्सिएको आरोप ओलीले सम्झाए

सरकारले ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गर्ने
Facebook
X
Email
Telegram

१५ असार, विराटनगर । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही गम्भीर विषय उठाएका छन् ।

मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई चारवटी श्रीमती र सहकारी ठगको आरोप लागेको प्रसंग उठाएका थिए । मदनको व्यक्तिगत सन्दर्भबारे ओलीले अरू पनि बोलेका छन् ।

तर, चारवटी श्रीमती र सहकारी ठग भन्ने जस्ता प्रसंग अनावश्यक निकालिएको भनेर एमालेभित्रै पनि आलोचना भइरहेको छ ।

अहिले सहकारीको बचत रकम ठगीको समस्या राष्ट्रिय मुद्दा रहेकाले पनि प्रधानमन्त्री ओलीले उठाएको सन्दर्भले धेरैको ध्यान तानेको हुनुपर्छ । तर आम सम्झनामा नरहेको र अहिलेको पुस्ताले नसुनेको यो प्रसंग प्रधानमन्त्री ओलीले भने जस्तो थिएन ।

नेताहरूका अनुसार यो पञ्चायतकालीन घटना हो, २०३६ सालतिरको । मोरङको अमरदहमा ९अहिले सुनवर्षी नगरपालिकामा पर्छ० मल, बीऊ, चिनी, तेल बाँड्ने साझा संस्था थियो ।

सरकारको मात्र होइन, जनताको पनि लगानी त्यो साझाले इटहरा ९रतुवामाई नगरपालिका० सम्म सामग्रीहरू बाँड्थ्यो । साझा संस्थाको सामान बिक्री वितरणमा तत्कालीन प्रधानपञ्चहरूको हालीमुहाली चल्थ्यो ।

तर, वितवरण प्रणालीप्रति जनता खुसी थिएनन् । तत्कालीन मालेका नेतारकार्यकर्ताले साझाको तेल, चिनी जनतालाई बाँड्ने निर्णय लिए । दशैंको समय थियो ।

‘हामी २(३ सय जनाको जुलुस लिएर साझा ब्रेक गरेका थियौं, सुगाको आँप बगैँचा ९बक्राहा खोला छेउमा० मा सबैलाई बाँडिदियौं,’ यो घटनामा संलग्न देवी दाहाल भन्छन्, ‘गोदामबाट मैलै नै साथीहरूलाई चिनीको बोरा र तेलको टिन बोकाएको थिएँ ।’

 

 

 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »