स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

२० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

 

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त ९फाइनान्सिङ फर डेभलपमेण्ट० चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

स्पेनको सेभिया शहरमा आयोजना भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलनसहित अन्य भेटघाट सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् ।

उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली स्पेनबाट दोहा हुँदै कतार एयरवेजमा काठमाडौं फर्किएका हुन् । भ्रमण टोलीमा २१ जना सहभागी थिए ।

 

 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »