विधेयक अध्ययन गरेर मात्रै संशोधन हालौं : सांसद कार्की

मृत्युदण्ड लाइभ गर्ने योजना ट्रम्पद्वारा रद्द
Facebook
X
Email
Telegram

२१ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सांसद रोशन कार्कीले संसद्‌मा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएका छन् ।

प्रतनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिबार बोल्दै उनले यस्तो बताएकी हुन् ।

नीति निर्माण गर्न गाह्रो हुने भन्दै उनले संसदमा प्रस्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्दा राम्रो नीति निर्माण गर्न सकिने बताइन् ।

‘नीति निर्माण गर्दा संसदमा जुन विधेयक प्रस्तुत हुन्छ, त्यो विधेयक प्रस्तुत गर्दा समय दिइएको हुन्छ, संशोधन गर्न । त्यो समय संशोधन गर्दा धेरै गम्भीर भएर संशोधन हाल्नुपर्छ,’ सांसद कार्कीले भनिन्, ‘त्यो स्थिति हामीले देख्यौँ । त्यसमा अलि अध्ययन गरेर, आफ्नै पार्टीलाई पनि सबै कानुनका ज्ञाता छैनौँ । पार्टीमा नै कुरा गरेर छलफल गरेर बुझेर मात्रै संशोधन हालौँ ।’

 

राज्य व्यवस्था तथा सुशासन समितिमा कुलिङ पिरियड हेरफेरको विषय उठाउँदै उनले यसबाट पाठ सिकेर अघि बढ्न जरुरी रहेको पनि बताइन् । यसबाट सांसदहरू झस्किएको र सबै दफाहरुको अध्ययन गरेर मात्रै अघि बढ्नुपर्ने बताइन् ।

‘अस्ति राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेरको जुन कुरा आयो । सांसदहरु झनै झस्किएका छन् । त्यो दफा दफामा हेर्नुपर्छ । यसबाट हामीले पाठ सिक्नुपर्छ । हाम्रो भूमिका विधायिका बनाउने हो,’ उनले भनिन् ।

समितिको बैठकमा शनिवार ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको हो ।

 

 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »