रायो सागपछि घिउ सिमीमा भेटियो अत्यधिक विषादी

मृत्युदण्ड लाइभ गर्ने योजना ट्रम्पद्वारा रद्द
Facebook
X
Email
Telegram

२६ असार, काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको घिउ सिमीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

काभ्रेबाट बिक्रीका लागि कालीमाटी बजारमा बिहीबार ल्याइएको घिउ सिमीमा ८६।८४ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा घिउ सिमीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त घिउ सिमी उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।

यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

यसअघि मंगलबार पनि रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »