एमालेको नेतृत्व आक्रान्त देखिन्छ, विद्या भण्डारी आउनु सकारात्मक : झलनाथ

मृत्युदण्ड लाइभ गर्ने योजना ट्रम्पद्वारा रद्द
Facebook
X
Email
Telegram

२८ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले वामपन्थी एकताको आवश्यकता महसुस गर्दै त्यसको पहलकदमीलाई सकारात्मक रुपमा लिएको खनालले बताए ।

‘अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, यदी विद्या भण्डारीले त्यो कुरा महशुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्नेकुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ खनालले भने ।

अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरु सबैलाई एकतावद्ध गर्न जरुरी रहेको उनको भनाइ थियो ।

‘अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरु सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो,’ उनले भने, ‘त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हुने हो भने अलि ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ ।’

 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »