काभ्रेमा बस दुर्घटना, २३ जना घाइते

काभ्रेमा बस दुर्घटना, २३ जना घाइते

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

३ साउन, काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ ।

यद्यपि घटनाबारे थप अनुसन्धान जारी छ ।


रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको थियो । बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाइते भइ उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख कोमल शाहले अनलाइनखबरलाई जानकारी दिए ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »