बीपीको चिन्तन आधुनिक नेपालको मार्गदर्शन : कांग्रेस सभापति देउवा

बीपीको चिन्तन आधुनिक नेपालको मार्गदर्शन : कांग्रेस सभापति देउवा

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताएका छन् ।

बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आज बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो धारणा राखेका हुन् ।

बीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा गुज्रिएको स्मरण गर्दै सभापति देउवाले भने, ‘बीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन हो ।’

उनले बीपीको सिद्धान्त र स्थापित मूल्य मान्यताले नै कांग्रेस आजको स्थितिमा आएको समेत बताए । ‘राष्ट्रिय एकता, सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ,’ देउवाले भने, ‘बीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा नै गुज्रियो । उहाँको त्याग, योगदान, स्थापित मूल्य मान्यताले नै नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको हो ।’


बीपी कोइराला सधैं आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपिहार्यता हो भन्ने कुरामा अडिग रहने गरेको स्मरण गर्दै देउवाले त्यो विषय अहिले अझ सान्दर्भिक भएको बताए ।

देउवाले बीपीका कालजयी विचार ग्रहण गर्न सकेमात्र सच्चा श्रद्धाञ्जली हुने विचार पनि व्यक्त गरे ।



Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »