कृषि मल व्यवस्थापनबारे तीन दिनभित्र ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

कृषि मल व्यवस्थापनबारे तीन दिनभित्र ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

२७ साउन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनभित्र कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे ठोस योजना ल्याउन निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारमा कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीहरूसँगको छलफलपछि तीन बुँदे निर्देशन दिएका हुन् ।

उनले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिए।

साथै कम्पोष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन समेत प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

यस्तै माटोको उर्वरा बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनसमेत प्रधानमन्त्री ओलीले निर्देशन दिए ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »