हरिप्रसाद कँडेल रास्वपाको जिम्मेवारीबाट निलम्बित

हरिप्रसाद कँडेल रास्वपाको जिम्मेवारीबाट निलम्बित

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
Facebook
X
Email
Telegram

६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई जिम्मेवारीबाट निलम्बित गरेको छ ।

रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यबाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी दिएका छन् ।

नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनि रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्‍याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईंलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउदैछौं’ कँडेलबारे रिमालले निकालेको सूचनामा छ ।

चितवनको कालिका नगरपालिका-५ पदमपुरका कँडेललाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »