कुवेत विषाक्त मदिरा काण्ड : मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन थालियो

कुवेत विषाक्त मदिरा काण्ड : मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन थालियो

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

काठमाडौं। कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन थालिएको छ । हालसम्म पाँच जनाको शव नेपाल ल्याइसकिएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु भएकाहरूको शव नेपाल पठाउने क्रम जारी छ ।

कुवेतमा दुई साता अघि विषाक्त मदिरा सेवन गर्दा २३ जनाको मृत्यु भएको छ। जसमा हालसम्म १२ जना नेपालीको मृत्यु पुष्टि भएको छ । यस्तै १६० जनाभन्दा बढी गम्भीर विरामी परेर उपचारका लागि अस्पताल लगिएको थियो। तीमध्ये अझै पनि लगगभ १३ जना नेपालीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचार गराईरहेकामध्ये धेरैजसोका अवस्था एकदमै गम्भीर छ । उनीहरूको भेन्डिलेटर तथा आईसीयूमा उपचार भइरहेको दूतावासले जनाएको छ ।

कुवेतस्थित गैर आवासीय नेपाली संघ (एनआरएन) का अधिकारीहरूले मृत्यु हुने नेपालीको संख्या १६ पुगेको जनाएका छन् । एनआरएन कुवेतका महासचिव विजय धामीका अनुसार १६ जनाको मृत्यु भएको जानकारी आएको छ । तर, दूतावास समक्ष भने १२ जनाको मात्रै आधिकारिक जानकारी आएको जनाइएको छ ।

एनआरएनका अधिकारीहरूका अनुसार मदिरा सेवनपछि विरामी परेर अस्पतालबाट डिस्चार्ज भएकाहरू डिपोर्ट हुन थालेका छन् । केही नेपालीलाई उपचारपछि आवश्यक अनुसन्धान गरेर नेपाल पठाईएको एनआरएन कुवेतका महासचिव धामीले बताए ।

त्यस्तै अन्यलाई समेच उपचारपछि डिस्चार्ज भएकाहरूलाई आवश्यक अनुसन्धान गरेर डिपोर्ट गर्ने तयारी छ । नेपालीहरूमात्र नभई उक्त घटनामा संलग्न सबैलाई गम्भीर खालको अपराध नदेखिएको खण्डमा डिपोर्ट गरिने कुवेती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रक्सी उत्पादन तथा बेचबिखनमा संलग्न देखिएकाहरूलाई भने अनुसधानपछि आवश्यक कानूनी कारवाहीको प्रकृया अघि बढ्नेछ । ति बाहेक सेवन गरेर विरामी भएकाहरूलाई भने डिपोर्ट गरिनेछ ।

‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी विरामी परेका थिए । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस घटनामा हालसम्म नेपाली, भारतीय, बंगलादेशीसहित विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ ।

कुवेती प्रहरीले अवैध मदिरा उत्पादन गर्ने उद्योग चलाउने २ जना नेपालीसहित ४ जनालाई पक्राउ गरेको छ । कुवेती सञ्चारमाध्यमकहरूका अनुसार उनीहरूलाई २३ जनाको हत्या आरोपमा अनुसन्धान भइरहेको जनाएको छ ।

गत साता कुवेतको आन्तरिक मन्त्रालयले घटनापछि सुरक्षा अभियान सञ्चालन गरेको थियो । जसमा मेथानोल उत्पादन तथा बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा सुरक्षा निकायले साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरेको थियो । ति नेपालीको बयानका आधारमा अर्का नेपालीलाई समेत पक्राउ गरिएको थियो ।

यसका साथै एक जना भारतीय तथा एक जना बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको जनाइएको छ । अभियानका क्रममा सुरक्षा निकायले आवासीय र औद्योगिक क्षेत्रमा सञ्चालित ६ वटा अवैध मदिरा कारखानालाई बन्द गरेको थियो ।

उक्त घटनापछि सुरक्षा निकायले देशभरि नै अवैध बसोबासका मुद्दाहरूमा संलग्न र अवैध मदिरा बनाउने कम्पनीहरूमाथि छापा मारेर २५८ व्यक्तिहरूलाई पक्राउ गरिएको थियो । त्यसरी पक्राउ पर्नेहरूमा म्याद सकिएको आवासीय अनुमतिपत्र, भिसा ओभरस्टे, फरार मुद्दाहरू र अन्य कानुनी उल्लङ्घनहरू थिए ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »