
भियतनामकी उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता
Facebook
X
Email
Telegram
७ भदौ, काठमाडौं । आजबाट नेपाल भ्रमणमा आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
तीनदिने औपचारिक भ्रमणका लागि उनी शनिबार काठमाडौं आइपुगेकी हुन् ।लगत्तै परराष्ट्रमन्त्री राणासँग मन्त्रालयमा औपचारिक भेटवार्ता भएको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री राणालगायतका अधिकारीहरू स्वागतका लागि पुगेका थिए ।
भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय नेपाल भरमण हो ।
उपराष्ट्रपति सुआनले ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।












