एकलौटी निर्णय मान्दैनौं, महाधिवेशन प्रभावित नपारियोस् : धवलशमशेर राणा

एकलौटी निर्णय मान्दैनौं, महाधिवेशन प्रभावित नपारियोस् : धवलशमशेर राणा

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
Facebook
X
Email
Telegram

८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री राणाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने समय आएकाले त्यसलाई प्रभावित गर्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् ।

महाधिवेशन समयमा निष्पक्ष रुपमा हुनुपर्ने उल्लेख गर्दै राणाले सबै पक्षलाई बाधा अवरोध नपारी सहज रुपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न दिनुपर्ने बताए ।

‘महाधिवेशनको मुखमा एकलौटी तर्फबाट केही कार्यकर्तालाई पदमुक्त गरियो, हटाइयो । स्पष्टीकरणहरू मागिएको छ । त्यसले देशभरका कार्यकर्ता चिन्तित छन्,’ राणाले भने, ‘महाधिवेशन निष्पक्ष हुँदैन कि, एकलौटी दबाब दिएर महाधिवेशन हुने हो कि भन्ने चिन्ता छ ।’

राणाले महाधिवेशनको मुखमा एकलौटी रुपमा नेता कार्यकतालाई हटाउने र स्पष्टीकरण माग्ने कार्यले देशभरका राप्रपा कार्यकर्ता चिन्तित रहेको धारणा राखे । उनले पार्टी विधि बिधान बिपरित नेतृत्वले एकपक्षीय ढंगले निर्णय गर्दा केहि समस्या देखिएको जिकिर गरे ।

‘मंसिरमा महाधिवेशनको समय आइसकेको छ । हामीहरू यो विषयमा प्रष्ट छौं, महाधिवेशन समयमा हुनुपर्छ, निष्पक्ष हुनुपर्छ र सबै पक्षलाई समान दृष्टिकोणले प्रतिनिधि छनोट गर्ने क्रममा बाधा, अवरोध, अड्चन, एकतर्फी गतिविधि, कसैको दबाबमा नपरेर महाधिवेशन प्रतिनिधि, जिल्ला अधिवेशन हुँदै महाधिवेशन हुनुपर्छ,’ राणाले भने, ‘हामीले धेरै मिहेनत गरेर, संघर्ष गरेर सामूहिक नेतृत्वको विधान बनेको छ । जहाँ पनि समितिले निर्णय गर्नुपर्ने, अनुमोदन गर्नुपर्ने, नेतृत्वले विधान मिचेर एकलौटी रुपमा एकल विधान जस्तो अनुभव दिलाएर एक्लै निर्णय भएको छ ।’

त्यस्तै, उनले कुनै हालतमा राप्रपालाई फुट्न नदिने स्पष्ट पारे । नेतृत्वका विषयमा केहि फरक मत भएपनि पार्टी फुटाएर अघि बढ्ने सोच आफूहरूको नरहेको राणाको भनाइ छ ।

‘कुनै हालतमा हामी राप्रपा फुट्न दिँदैनौं । हामीले धेरै वर्ष लगाएर एक ठाउँमा ल्याएका छौं । फुट्ने सोच पनि छैन । कसैले यस्ता कुरा नगरे हुन्छ,’ उनले भने ।

महामन्त्री राणाले अध्यक्ष पार्टीको अभिभावक रहेकाले सबैलाई मिलाएर अघि बढ्न खोजे सवै कुरा मिल्ने तर एकलौटी निर्णय गरे मान्य नहुने चेतावनी नै दिए । आगामी महाधिवेशनको मिति तोक्न ढिलाइ गर्न नहुनेमा पनि जोड दिए ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »