वैदिक आयुर्वेद सेवा प्रालिको आयोजनामा आयुर्वेदले सबै रोग सञ्चो गर्छ भन्ने शिर्षकमा आधारित बृहत तीजगीत प्रतियोगिता सम्पन्न

वैदिक आयुर्वेद सेवा प्रालिको आयोजनामा आयुर्वेदले सबै रोग सञ्चो गर्छ भन्ने शिर्षकमा आधारित बृहत तीजगीत प्रतियोगिता सम्पन्न

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

१० भदौ, चितवन। वैदिक आयुर्वेद सेवा प्रालीको आयोजनामा भदौ ८ गते आइतबार रोयल बेनक्विड भरतपुर ६ चोक बजारमा वृहत तीज गीत प्रतियोगीता सम्पन्न भएको छ ।


आयुर्वेदिकले सबै रोग सन्चो गर्छ भन्ने शीर्षकमा आधारित खुल्ला तीज गीत प्रतियोगितामा १४ टिम सहभागी थिए । वैदिक आयुर्वेद सेवा प्रा.लि.को आयोजनामा सम्पन्न वृहत तीज गीत प्रतियोगीतमा आनन्द दिदीबहिनी भजन समूह भरतपुर वडा नम्बर १२ प्रथम भएको छ । अग्रसर आमा समूह रामबाग द्वितीय र मध्यबिन्दु टोल विकास संस्था तेश्रो भएका छन । प्रतियोगीतमा सहनशिला बुहारी समूह भरतपुर २२ र नवकल्याण टोल विकास संस्थाले सान्तोना स्थान हासिल गरेका छन ।


वैदिक विषयवस्तु उत्थान गरे वापत मिलिजुली बचत समूह भरतपुर ६ र नृत्य तर्फ डम्पिङ महिला उद्यमी समूह रत्ननगर ११ उत्कृष्ट हुन सफल भए ।

प्रतियोगितामा प्रथम हुनेले ३ं० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार सान्त्वना हुनेले ५ हजार नगद उत्कृष्ट विषयवस्तु उठान र उत्कृष्ट नृत्य तर्फ रु २५०० र नगद सहित प्रमाणपत्र प्राप्त गरेको वैदिक आयुर्वेद सेवा प्रा.लि.का प्रबन्ध निर्देशक चक्रपाणी न्यौपानेले बताउनु भयो । विकृति, बिसंगती हटाई, प्रक्रितिमा पाईने अनमोल आयुर्वेदको अनुसरण गरे रोगलाई जरै देखि निको पार्छ जस्ता शिर्षकमा सहभागिले गीत गाएको उहाँले जानकारी दिनुभयो । उहाँले वैदिक आयुर्वेदले आयुर्वेदका माध्यमबाट विभिन्न रोगका विरामीहरुलाई निको पार्न सफल भएको बताउनु भयो । आज आम जनमानसमा वैदिक आयुर्वेदले रोगलाई जरै देखि निर्मूल बनाउछ भन्ने विश्वास बढेको उहाँले बताउनु भयो ।


प्रतियोगिताका प्रमूख अतिथि डा आकास जिसीले संस्कार संस्कृति जोगाउँदै मनोरन्जन प्रदान गर्नका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले वैदिक आयुर्वेद सेवा प्रालिले आयुर्वेदका क्षेत्रबाट समाजमा पु¥याएको सकरात्मक प्रभावको खुलेर प्रशंसा गर्नुभयो । विशिष्ट अतिथिमा वडा नम्बर ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ र चोक बजार टोल विकास संस्थाका अध्यक्ष मुना गुरुङ हुनुहुन्थयो। कार्यक्रम भागवत लामिछानेको संयोजकत्वमा सम्पन्न भयो । मधुसुधन घिमिरे अपेक्षा गिरी सविता न्यौपाने निर्णायक मण्डलमा रहनुभएको थियो । कार्यक्रमको सञ्चालन सुशील पन्तले गर्नुभएको थियो ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »