जेनजी आन्दोलनका घाइते भेट्न ट्रमा सेन्टर पुगिन् प्रधानमन्त्री कार्की

जेनजी आन्दोलनका घाइते भेट्न ट्रमा सेन्टर पुगिन् प्रधानमन्त्री कार्की

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

२८ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको ट्रमा सेन्टर पुगेकी छन्।

भदौ २३ र २४ गते भएको आन्दोलन क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कोही घाइतेको ट्रमा सेन्टरमा, कसैको सिभिल अस्पताल र कोहीको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार राति प्रधानमन्त्रीमा कार्की नियुक्त भएकी थिइन्।

जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ भने ४ सयभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जेन–जी युवाहरूको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको हो।

जेन–जी युवाहरूको भदौ २३ को आन्दोलनमा राज्यबाट भएको बल प्रयोगमा युवाहरूको ज्यान गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »