भवन जलेपछि प्रदेशसभाको अधिवेशन अन्त्य

भवन जलेपछि प्रदेशसभाको अधिवेशन अन्त्य

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

१० असोज, विराटनगर। कोशी प्रदेशसभाको सातौ‌ तथा चालु बजेट अधिवेशन अन्त्य भएको छ ।

गत भदौ १५ गते प्रदेशसभाको ४० औं बैठक बसेको थियो । सो बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालय जलाएपछि बैठक कहाँ राख्ने भन्ने अन्योल थियो ।

आगजनीबाट प्रदेशसभा भवन ध्वस्त भएको छ । सचिवालय भवन पनि प्रयोग गर्न नमिल्ने अवस्थामा छ।

अन्योलताकाबीच शुक्बार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले आज रातिबाटै चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा च प्रदेशसभा भवन र सचिवालयका लागि विराटनगरमा कार्यालय खोजी गर्ने कार्य जारी छ ।

विराटनगरको वीरेन्द्रसभा गृह र कटहरी गाउँपालिकामा रहेको कृषि बजारको भवनमा सचिवालय र प्रदेशसभा भवन सञ्चालन गर्ने विकल्पको रुपमा प्रस्तुत भएको छ । तर निर्णय भइसकेको छैन।


 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »