१६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना, घाइतेलाई परिचयपत्र वितरण

१६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना, घाइतेलाई परिचयपत्र वितरण

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

१२ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ । मन्त्रालयले जारी गर्ने परिचयपत्रका आधारमा आन्दोलनका घाइतेहरुले सहज उपचार पाउनेछन् ।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ट्रमा सेन्टरमा गएर घाइतेहरुलाई परिचयपत्र वितरण गरे । सोमबारदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिचयपत्र बाँड्न परिपत्र भएको छ ।

गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड ‘जेनजी क्लिनिक’ समेत स्थापना गरिएको छ ।

घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा ‘जेनजी क्लिनिक’ स्थापना गरिएको हो । साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म नि:शुल्क आउ–जाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ ।

घाइतेहरुको वर्गीकरण गर्न उपचारमा संलग्न विज्ञ डाक्टरहरुको संयोजकत्वमा कार्यदल गठन हुनेछ । आइतबार बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए ।

एकपटक उपचार गरी पटकपटक फलोअपमा जानुपर्ने घाइतेहरुका लागि स्वास्थ्य मन्त्रालयले वा सम्बन्धित अस्पतालले नि:शुल्क एम्बुलेन्सको व्यवस्था मिलाउनेछन् ।

जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा फोकल व्यक्तिहरु पनि तोकिएको छ ।

 

 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »