जेनजी आन्दोलनपछि उपत्यकाका प्रहरी : दिनभर बिटमै, रात परेपछि वृत्तमा

जेनजी आन्दोलनपछि उपत्यकाका प्रहरी : दिनभर बिटमै, रात परेपछि वृत्तमा

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

२१ असोज, काठमाडौं । सामाजिक सञ्जालहरूमा हिजो साँझबाट काठमाडौंमा सुरक्षा तैनाथी बढाइएको, बिटमा कार्यरत प्रहरी कर्मचारीलाई वृत्तमा बोलाइएको जस्ता खबरहरू फैलिरहेका छन् ।

विशेषगरी जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ लगायतले जिल्ला प्रहरी परिसर, काठमाडौंमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी बोकेर पुगेपछि यस्ता हल्लाहरू सञ्जालमा फैलिएका हुन् ।

प्रहरीले जाहेरी लिन अटेर गरेपछि सुदनले प्रहरीसँग ‘आफूहरू सडकबाटै देखाइदिने’ भन्दै निस्किएका खबरहरू प्रहरी स्रोतलाई हवाला दिँदै बाहिरिएका थिए ।

यद्यपि सुदनले भने यो कुरा अस्वीकार गरेका छन् ।

त्यसोभए, एकाएक प्रहरीले सुरक्षा तैनाथी बढाएको हो ? यसको कारण के हो ? हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेसँग यसबारे सोधखोज गरेका थियौं ।

उनका अनुसार, गत २४ गते भएको जेनजी प्रदर्शनमा तोडफोड र आगजनी भएपछि उपत्यकाका धेरैजसो बिटहरूमा प्रहरी राति बस्ने गरेको छैन ।

‘गत २४ गतेपछि नै बिटका साथीहरूले दिउँसो ड्यूटी गर्ने, त्यहाँ बस्ने गरेपनि राति चाहीँ वृत्तमै आएर सुत्ने गरिएको हो,’ डीआईजी घिमिरेले भने, ‘अहिले किन यो हल्ला भयो भन्ने बुझ्न सकिएको छैन ।’

पहिला केही प्रहरी बस्ने बिटमा पनि हतियार उपलब्ध गराइने गरेको थियो । तर, अहिले हतियार पनि कमी भएको र व्यवस्थापनको सबै काम नसकिइसकेको उनले बताए ।

यद्यपि हिजोबाटै काठमाडौं जिल्ला परिसरमा जेनजी अगुवाहरू उपस्थित भएर ओली र लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्नका लागि दबाब सिर्जना गरिरहेका छन् ।

‘प्रहरी परिसरबाहिरै मान्छेहरू जम्मा हुन थालेपछि स्वत: यहाँ अलि बढी सुरक्षाकर्मी खटिनु स्वभाविक हो,’ परिसरका एक प्रहरी अधिकारीले भने, ‘तर, अहिले छुट्टै फोर्स नै खटाइएको अवस्था भने होइन ।’

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »