छठपछि विशेष अदालतमा नियमित सुनुवाइ हुने

छठपछि विशेष अदालतमा नियमित सुनुवाइ हुने

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

२५ असोज, काठमाडौं । विशेष अदालतले छठपछि मुद्दाहरूको नियमित सुनुवाइ गर्ने भएको छ । २४ भदौको आगजनी र तोडफोडले क्षतिग्रस्त भएको भवन र संरचना मर्मतपछि विशेष अदालतले ११ कार्तिकदेखि मुद्दाको नियमित सुनुवाइ हुने जनाएको हो ।

विशेष अदालतका अधिकृत यज्ञराज रेग्मीका अनुसार, अहिले नै मुद्दाका साथ पेश हुने आरोपितहरूको थुनछेक बहस हुनेछ भने हाजिर हुन आउने आरोपितहरुको पनि बयान र थुनछेक बहस हुनेछ ।

तर छठपछि मात्रै मुद्दाको नियमित सुनुवाइ अघि बढ्ने भएको हो ।

तर २४ भदौअघि नियमित रुपमा चलिरहेको अनलाइन बहस र बकपत्रको काम भने रोकिएको विशेष अदालतले जनाएको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »