राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार

राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

२९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

बैठक महामन्त्री डा. धवलशम्शेर राणा पक्षले भने बहिष्कार गरेको छ ।

राणासहित अर्का महामन्त्री कुन्ती शाहीले समेत अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर कार्यसम्पादन समिति बैठकमा उपस्थिति नहुने जानकारी गराएका थिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको सांगठनिक र विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताएका छन् ।

महामन्त्री राणाले अध्यक्ष लिङ्देनले एकतर्फी व्यवहार गरेको, पार्टीका नेता कार्यकर्तालाई कारबाहीको शृङ्खला जारी राखेको र महाधिवेशनको वातावरण नबनाएको बताएका छन् ।

विधिको सम्मान गर्न सचेत गराउने र हर प्रकारको सहयोग गर्न तयार रहँदा समेत पार्टीमा अध्यक्षबाहेक अरु कसैको अस्तित्व नरहने स्थिति निर्माण गरिएको अध्यक्ष लिङ्देनलाई पठाइएको पत्रमा भनिएको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »