एमाले केन्द्रीय सदस्यहरूलाई बोल्न ३ मिनेट समय

एमाले केन्द्रीय सदस्यहरूलाई बोल्न ३ मिनेट समय

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
Facebook
X
Email
Telegram

२९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सदस्यहरुलाई ३ मिनेटको समय छुट्याइएको छ ।

विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने दिने गरिए पनि यसपटक समूह विभाजन गरिएको छैन ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हरेक केन्द्रीय सदस्यहरूले तीन मिनेटभित्र आफ्नो धारणा राख्न पाउने बताए ।

उद्‌घाटन समारोहमा अध्यक्ष ओलीको सम्बोधनपछि राजनीतिक प्रतिवेदन पेस भएको थियो । अहिले खाजा ब्रेक भएको छ । त्यसपछि धारणा राख्ने क्रम सुरु गर्ने तयारी छ ।

पर्सि सदस्यहरूका जिज्ञासा र सुझावमा अध्यक्ष ओलीले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पास गर्दै विभिन्न निर्णयहरू गर्ने एमालेले जनाएको छ ।

अध्यक्ष ओलीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा एघारौं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »