नाउपा नेपालको अध्यक्षमा कबीर सोब प्रस्तावित, चुनाव चिन्ह जाँतो

नाउपा नेपालको अध्यक्षमा कबीर सोब प्रस्तावित, चुनाव चिन्ह जाँतो

नवलपुरमा २७७ वटा सर्पदंशका घटना
Facebook
X
Email
Telegram

१३ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर दल दर्ताका लागि दिएको निवेदन अहिले सनाखतको प्रक्रियामा रहेको छ ।

पार्टी घोषणा गरेका चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् ।

निर्वाचन आयोगमा पेश भएको कागजातमा पार्टीको अध्यक्ष कबीर सोबलाई गरिएको छ । त्यस्तै, चुनाव चिन्ह भने जाँतो प्रस्ताव गरिएको छ ।

२८ वर्षीय सोब कैलाली टिकापुरका हुन् । चौधरीसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन् ।

अबदुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।

टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।

पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो ।

श्रेष्ठ र चौधरीको समूह फरक–फरक थियो ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »