ChitrawanMedia

ChitrawanMedia

सरकारले ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गर्ने

सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न ६७ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न…

चार सय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ। बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ती ग्राहकलाई भूमिगत विद्युत् वितरण गरिएको हो। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका…

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे हुनेछ । शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउने चुनौती…

दोधारा–चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुल मर्मतका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि आज प्रदेशसभामा पेस भएको बजेटमा कञ्चनपुरस्थित दोधारा-चाँदनी नगरपालिका र…

गलौँदी खण्डमा राति सवारी आवागमन बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौँदी क्षेत्रमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । थप मर्मत कार्य गर्न सोमबार रातिदेखि ६ घण्टा सडकखण्ड बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै भनेको छ । सूचनाअनुसार,…

बस अनियन्त्रित भइ पल्टिँदा ७ जना घाइते

नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन्। आज बिहान करिब ७:३० बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा…

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुन: सुरुआत गरिएको छ । बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो । बर्सातले बिग्रिएका निकुञ्ज भित्रका सडकहरु मर्मत गरेर जिप सफारी सुरु…

लोकाहा खोलामा नयाँ पुलबाट यातायात सुचारु

नवलपुरको लोकाहा खोलामाथि रहेको पुरानो पुलमा प्राविधिक समस्या देखिएपछि नयाँ पुलबाट सवारी आवागमन सञ्चालन गरिएको छ । कावासोती र प्रगतिनगरको बीचमा रहेको पुरानो पुलको मध्यभाग दबिएको जस्तो देखिएपछि सावधानीका लागि उक्त पुलबाट सवारी आवागमन रोकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको…

बडादशैंको पहिलो दिन आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राख्नुका साथै नवदुर्गामध्ये पहिलो स्वरूप शैलपुत्रीको पूजा आराधना गरिँदैछ । आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको…

तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

तनहुँ । अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ । यही ११ असोजको बाढीले पहुँच सडक क्षतिग्रस्त भएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै नवलपुर जाने…

Translate »