Category बागमती प्रदेश

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने ई–टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ । यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन् । पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था…

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट बिहीबार ११९ जना जवान दीक्षित भएका छन् । सिनं २३९ (ङ) को आधारभूत तालिम पूरा गरेका जवानलाई आयोजित दीक्षान्त समारोहमा शपथ ग्रहण गराउनुका साथै…

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन जिल्लामा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन्। सन् २०२६ को जनवरीदेखि हालसम्म जोखिममा रहेको समूहमा गरिएको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो। भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनले २२३ जनामा गरेको परीक्षणका क्रममा उनीहरूमा…

चार सय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ। बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ती ग्राहकलाई भूमिगत विद्युत् वितरण गरिएको हो। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका…

गलौँदी खण्डमा राति सवारी आवागमन बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौँदी क्षेत्रमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । थप मर्मत कार्य गर्न सोमबार रातिदेखि ६ घण्टा सडकखण्ड बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै भनेको छ । सूचनाअनुसार,…

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुन: सुरुआत गरिएको छ । बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो । बर्सातले बिग्रिएका निकुञ्ज भित्रका सडकहरु मर्मत गरेर जिप सफारी सुरु…

व्यक्तिमा लागेको दाग आफैंले मेट्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन : गगन थापा

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिमा लागेको गैह्रकानुनी काम दाग स्वयं उसैले मेट्नुपर्ने र त्यसको भारी पार्टीले नबोक्ने बताएका छन् । शनिबार सभापतिमा पुन: निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर सम्बोधन गर्दै उनले यस्तो बताएका…

नारायणी नदीको बाढी : १,१५० मिटर तटबन्धमा क्षति

चितवन । नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटरमा तटबन्ध गरिएको छ । यसमध्ये एक किलोमिटर १५० मिटर…

दसैँअघि चितवन निकुञ्जमा जिप सफारी सुरु हुँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी सुरु हुँदैछ । सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो। वर्षा सुरु भएसँगै गत असार १७ गतेदेखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो। वर्षाको…

अध्ययन बिदाबारे विश्वविद्यालयले थाल्यो छानबिन

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदाको अवस्था र सम्भावित दुरुपयोगबारे छानबिन गर्न समिति गठन गरेको छ। विश्वविद्यालयका रजिस्ट्रार प्राडा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको निर्देशन…

Translate »