Category समाज

बाढी प्रभावित क्षेत्रका लागि अमेरिकाको थप ३१ मिलियन डलर सहयोग

अमेरिकाले नेपालमा बाढीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ताका क्रममा उक्त सहयोग घोषणा गरेकी हुन्। भेटमा उपसचिव…

भीमादबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु

जिल्ला प्रशासन कार्यालय तनहुँले भीमाद नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा सञ्चालनमा ल्याएपछि आसपासका चार स्थानीय तहका नागरिक लाभान्वित भएका छन्। सर्वसाधारणलाई स्थानीय तहमै सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले भीमाद नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय…

साउदी छाडे, गाईभैँसी पालेर मासिक लाख आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला? भन्ने जिज्ञासा मनमा थियो। मिहिनेत गरे फल कसो प्राप्त नहोला त भनेर सुरु गरेको कामबाट आज पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीलाई नाम र दाम दुवै प्राप्त भएको छ। उनले दूध बेचेर…

तनहुँका १७ वनमा रुख कटान स्वीकृति

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारणलाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार, प्रसारणलाइनअन्तर्गत जिल्लामा पर्ने रुखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न…

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ४० पुरुष र १६ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई कैद…

चोरी भएको ट्याक्सी फेला पारी ट्राफिक प्रहरीद्वारा हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङस्थलबाट चोरी भएको ट्याक्सी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । पार्किङ गरिएको स्थानबाट चोरी भएको बा २ ज २७८४ नम्बरको ट्याक्सी खोजीका क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा लुकाइराखेको अवस्थामा फेला परेको हो ।…

कुकुरलाई पुलबाट फाल्ने महिला पक्राउ

जिउँदो कुकुरलाई सेती नदीमा फालेको आरोपमा बझाङ प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कुकुरलाई सेती नदीमा फाल्ने जयपृथ्वी नगरपालिका-३ पडेस बस्ने ४२ वर्षीया बिमला देवी रोकायालाई नियन्त्रणमा लिइएको हो। उनले कुकुरलाई किन फालिन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले…

कृष्णभीरमा आजदेखि दुईतर्फी यातायात सञ्चालन

अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आज मिति २०८३ असोज १ गते विहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ…

विश्वकर्मा पूजा आज : औजार र यन्त्रको पूजा गरि मनाइँदै

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को तस्वीरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर…

शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, ‘डीएनए प्रोफाइलिङ’, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय–प्रहरी साझेदारीलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् । अपरेशनअन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत…

Translate »