ChitrawanMedia

ChitrawanMedia

महालक्ष्मीको १६ दिने व्रत समापन

भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अर्घ्य दिएर रातभर जाग्राम बसेसँगै समापन भएको छ । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन लिने यो व्रतका प्रभावले दुःख दरिद्र नाश भई सुख शान्तिका साथै श्रीवृद्धि र वैभव प्राप्त…

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत । बाढीपहिरोबाट पर्वतका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार, सात पालिकामध्ये ६ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो ।…

‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ । एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बीचको जङ्गल तथा चोरमारा र अरुणखोला बीचको…

दुईपटकका विश्वकप विजेता मोइन अली जनकपुर बोल्ट्समा

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्वअन्तर्राष्ट्रिय अलराउन्डर तथा दुईपटकका विश्वकप विजेता मोइन अलीलाई अनुबन्ध गरेको छ । अली तेस्रो सिजनका निम्ति जनकपुरमा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् । बोल्ट्सले यसअघि कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर…

दाउन्नेमा बस दुर्घटना : ६ जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट…

रास्वपाको केन्द्रीय समिति बैठक आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३:०० बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बैठक आह्वान गरिएको हो। आजको बैठकमा आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन गर्ने…

बाघको आक्रमणबाट च्याउ टिप्न गएका एक जनाको मृत्यु

कैलालीमा च्याउ टिप्न गएका एक जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट सोही वडाको चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक…

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी थिए । बालबालिकाको चहलपहल थियो । अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन नै उल्टाइदिएको छ । वर्षौँको…

विदेशको मोह छाड्दै गाउँमै उद्यमी बन्दै भोजपुरका युवा

भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर गाउँमै उद्यमी बन्न थालेका छन्। विदेशमा हासिल गरेको सीप, अनुभव र स्थानीय स्रोतसाधनको उपयोग गर्दै उनीहरू व्यावसायिक कृषि तथा पशुपालनमा जमेका हुन्। गाउँमै रहेका तथा विदेशबाट फर्किएका युवाहरूले अलैँची, किवी, एभोकाडो, ओखर,…

देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्दैछ। संस्थापन पक्षले असोज १८ गतेदेखि महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिकासहित समानान्तर अधिवेशन प्रक्रिया अघि बढाएको हो। देउवा पक्षले आफ्नो १५औँ महाधिवेशन मंसिर…

Translate »