ChitrawanMedia

ChitrawanMedia

कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त भएका छन् । शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँगै उनी प्रदेशसभा सदस्य पदबाट मुक्त भएका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शर्मालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो ।…

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणालीमार्फत हुने भएको छ । अपाङ्गता व्यवस्थापन सूचना प्रणाली (डिएमआइएस)लाई सामाजिक सूचना व्यवस्थापन प्रणाली (सिम्स)मा समायोजन गरी सरकारलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरणसँगै…

दुर्गा प्रसाईं फेरि पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडामाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरीले सोमबार भक्तपुरस्थित प्रसाईँको निवासबाट उनलाई नियन्त्रणमा लिएको हो। सांसद खतिवडाविरुद्ध प्रसाईँले दिएको अभिव्यक्तिलाई लिएर साइबर ब्यूरोमा…

बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ । अन्दाजी पाँच वर्षको गैँडा सुस्ता गाउँपालिका–४ मा आज बिहान देखिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले गैँडा बगेर सुस्ता पुगेको सूचना पाएको लगत्तै गैँडाको…

नारायणी पुलको क्रुजसिप निकालिँदै

नारायणी नदीको पुलमा अड्किएको राइनो क्रुजसिप निकाल्ने तयारी पुनः सुरु गरिएको छ। क्रुजसिप निकाल्न प्राविधिक टोलीले बिहानैदेखि काम अघि बढाएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार पुलको पिल्लरमा कमभन्दा कम क्षति हुने गरी क्रुजसिप निकाल्ने तयारी भइरहेको छ।…

कालीगण्डकीको बाढी हेर्ने क्रममा लडेर एकजनाको मृत्यु

अविरल वर्षाले कालीगण्डकी नदीको बहाब उच्च भएपछि हेर्ने क्रममा लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ । कालीगण्डकी नदीको बहाबले पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर आइतबार उनको मृत्यु भएहो…

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभाको र सवा १ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने…

बाढीपीडितलाई वैदिक आयुर्वेदको राहत, प्रभावित परिवारलाई भोजन वितरण

चितवन — भरतपुर महानगरपालिका–१६, सेतीबेनी वन झन्झने र वडा नं १७ गोब्रेनीमा बाढीबाट प्रभावित स्थानीयलाई वैदिक आयुर्वेद सेवा प्रा.लि.ले राहतस्वरूप भोजन वितरण गरेको छ। बाढीका कारण बस्तीमा पानी पस्दा स्थानीयको दैनिक जनजीवन तथा जीविकोपार्जन प्रभावित भएपछि प्रभावित परिवारलाई लक्षित गरी…

सिमलतालमा भासियो सडक

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा आज बिहान त्रिशूली नदीको कटानका कारण सडकको एक भाग भासिएर सडक अवरुद्ध बनेको छ। ​सडक डिभिजन भरतपुरका अनुसार त्रिशूली नदीको तीव्र बहावले सडकको लगभग आधा भाग काटेर बगाएको छ। जसका कारण सो स्थानमा सडक एकतर्फी…

बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए । केही बेरअघि उनीहरूको शव निकालिएको…

Translate »