Category अन्तर्राष्ट्रिय

मृत्युदण्ड लाइभ गर्ने योजना ट्रम्पद्वारा रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००९ मा टेक्सासस्थित फोर्ट हुड सैन्य आधारमा गोली चलाएर १३ जनाको हत्या गरेका निदाल हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण नगरिने बताएका छन् । उनले रक्षामन्त्री पीट हेगसेथको लाइभ स्ट्रिम गर्ने योजना रद्द गरेका हुन् । हसनलाई…

रुसी बम आक्रमणमा ३० जनाको मृत्यु

युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ । युक्रेनी अधिकारीहरूका अनुसार क्रामतोस्र्क समुदायकै बिलेन्के गाउँमा थप तीनजनाको मृत्यु भएको छ । आक्रमणमा १८ जना घाइते भएको डोनेट्स्क क्षेत्रीय प्रमुख वादिम…

अस्ट्रेलियाद्वारा नेपाललाई थप १५ मिलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ। भेटवार्ताका क्रममा अस्ट्रेलियाले हालैको बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ। यसअघि प्रतिबद्ध गरिएको ११…

रहेनन् बलिउड अभिनेता नाना पाटेकर

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार  उनले गोवामा अन्तिम सास फेरेका हुन्। नाना पाटेकरका छोरा मल्हार पाटेकरले बीबीसी मराठीकी सहयोगी पत्रकार प्राची प्रतिभा शिरीषसँग आफ्नो बुबाको मृत्युको पुष्टि गरेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार बिहीबार…

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएयता आठवटा द्वन्द्व समाधान गरेकाले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने दाबी गरेका छन्। बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले अन्य नेताभन्दा शान्तिका लागि बढी काम गरेको दाबी…

इराकबाट अमेरिकी सेना फिर्ता

अमेरिकाले इराकमा रहेको आफ्नो अन्तिम सैन्य आधारबाट बुधबारसम्म सबै सेना फिर्ता गर्ने भएको छ। दुई दशकभन्दा लामो इराक युद्धमा ४ हजार ५०० भन्दा बढी अमेरिकी सैनिकको मृत्यु भएको थियो। सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा भएको सम्झौताअनुसार डोनाल्ड…

भोटेकोशी बाढी विश्वका लागि चेतावनी : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्रै नभई विश्वकै लागि चेतावनीको सन्देश भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमतर्फ विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्। भोटेकोशी बाढीले…

राष्ट्रसंघमा पेजेस्कियानले भने– इरान धम्कीबाट झुक्दैन

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी सैन्य कारबाहीको आलोचना गरेका छन्। उनले इरानी जनता अमेरिकाको ‘आतंकवादको सिकार’ भएको दाबी गर्दै इरान वार्ता र कूटनीतिका लागि तयार रहेको तर बल प्रयोगको दबाब स्वीकार नगर्ने बताएका छन्।…

चीनले अन्तरिक्षमै उब्जायो बाली

चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’मा हालसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति उत्पादन गरेको छ। वैज्ञानिकहरूले अन्तरिक्षमै बाली उत्पादन गर्ने प्रविधि विकास गर्दै भविष्यमा लामो समयसम्म मानिसलाई अन्तरिक्षमा राख्न आवश्यक खाद्य सामग्री त्यहीँ उत्पादन गर्ने सम्भावनाबारे अध्ययन गरिरहेका छन्।…

अमेरिका–चीनबीच ‘एआई संवाद’ को पहल

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षासँग जोडिएका चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र निर्माणका लागि छलफल अघि बढाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै साता हुने अपेक्षा गरिएको शिखर बैठकअघि…

Translate »