ChitrawanMedia

ChitrawanMedia

बाढी प्रभावित क्षेत्रमा जेनेरेटर वितरण

भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ । ‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल,…

आज संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। यस्तै, ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’…

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ। पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा जाने पर्यटक बस सोही राजमार्ग…

चितवन कारागारका कैदीबन्दी बने बाढीपीडितका सहारा

चितवनको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन्। कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन्। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन्। उनीहरुले डसना, ब्लाङ्केट, तन्ना,…

ह्यारी–मेघनको सम्बन्धबारे दरबारबाट यस्तो सन्देश

बेलायतका राजा चाल्र्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायत फर्किए पनि उनीहरूको शाही परिवारसँगको सम्बन्ध कायम रहने स्पष्ट पारेका छन्। यद्यपि, सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएयता जस्तै उनीहरूले शाही उपाधि प्रयोग नगर्ने र परोपकारी गतिविधि निजी…

इजरायलमा केयरगिभरका लागि १,४६४ पद खुला

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका विभिन्न उमेर समूहका व्यक्तिको हेरचाहका लागि सहायक कामदारको आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार इजरायलका लागि १ हजार ४६४ जना कामदार माग गरिएको छ। जसमा १ हजार १३२ जना महिला…

प्रधानमन्त्रीको न्युयोर्क भ्रमण टोली तय

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जाने भएको छ। प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत प्रधानमन्त्रीको सचिवालय, परराष्ट्र मन्त्रालय तथा सुरक्षा निकायका अधिकारी…

आज ‘जेन्जी’ शहीद दिवस : सार्वजनिक विदा

आज ‘जेन्जी’ शहीद दिवस मनाइँदै छ । गत २३ भदौमा ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा…

त्रिशूली थ्री ‘ए’मा कार्यरत थिए झपटबहादुर र राधिका: पर्खाइमा छन् परिवारका सदस्य

बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो । घरपरिवारले पनि सबै जना काममै छन् भन्ने ठानेको थियो। तर यही १० भदौको बिहान करिब ८ः३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका–११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो, ‘रसुवामा बाढी आएको छ, आयोजनामा…

रसुवा बाढीको प्रभाव : किरियापुत्री घरहरूमा ठाउँकै अभाव

२१ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर ४० वर्षीय हरिप्रसाद मैनाली बेपत्ता भए । १० भदौको बाढीमा परेका उनको अवस्था पत्ता लागेन । धेरैदिन खोजी गर्दा पनि फेला पर्ने सम्भावना कमजोर हुँदै गएपछि परिवारले हरिप्रसाद फर्केर आउने आशा मार्नुपर्‍यो ।…

Translate »