ChitrawanMedia

ChitrawanMedia

रुपन्देहीका मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत…

एसिसी प्रिमियर कपमा आज नेपाल र मलेसिया भिड्दै

एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने खेल बिहान ७ः१५ बजे सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ। पहिलो…

मकवानपुरगढीमा आगलागी हुँदा घरसहित करिब २५ लाखको क्षति

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय इन्द्रबहादुर कठाइतको इँटा र काठले बनेको तथा जस्ताको छानो भएको दुईकोठे कच्ची घरसँगै रहेको भान्साकोठामा बुधबार राति करिब ११ बजे अचानक आगलागी भएको…

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन्।भोटेकोशी बाढीपछिको अवस्थाका बारेमा जानकारी दिन प्रधानमन्त्री शाहले सम्बोधन गर्ने भएका हुन् । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।आज प्रतिनिधि सभामा सभामुखले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिबारे विशेष…

आठ हजार ८ सयले घट्यो सुन

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ हजार ८ सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार…

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था…

इन्धनको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब २४ करोड घाटा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढेर आए पनि नेपाल आयल निगमले तत्कालका लागि स्थानीय बजारमा इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि मुलुकमा विद्यमान प्राकृतिक विपद् तथा…

पोखरामा पनि जंगलभित्र गाडिए पहिचानविहीन ७६ शव

भोटेकोसी–त्रिशूली बाढीपछि विभिन्न जिल्लामा फेला परेका र कास्की ल्याइएका पहिचान हुन नसकेका ७६ शवको व्यवस्थापन गरिएको छ। कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार बाढीपछि विभिन्न स्थानबाट गरी कास्कीमा १०२ शव ल्याइएको थियो। तीमध्ये २१ शवको सनाखत भइसकेको छ। पहिचान…

बाढीपीडितका लागि चीनको थप राहत काठमाडौँ आइपुग्यो

चीनले नेपालका बाढीपीडितका लागि उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौँ आइपुगेको छ। चिनियाँ जनमुक्ति सेना (पीएलए)को वायुसेनाको विमानमार्फत मंगलबार साँझ राहत सामग्री काठमाडौँ ल्याइएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ। सोही विमानमार्फत चिनियाँ सहयोगअन्तर्गत पाँच जना डीएनए पहिचान विशेषज्ञसमेत…

केरुङ हिमनदी फुटेको क्षेत्रमा अझै जोखिम, विज्ञले दिए चेतावनी

तिब्बतको केरुङनजिकको हिमनदी फुटेपछिका जोखिमहरू कायमै रहेको विज्ञहरूले चेतावनी दिएका छन् । नेपालमा उद्धार कार्य जारी रहँदा, हिमनदी र पहिरो खसेपछि त्यस क्षेत्रको भूबनोट अझै पनि जोखिमपूर्ण र अस्थिर अवस्थामा रहेको विज्ञहरूले बताएका छन् । इसिमोडका क्रायोस्फियर (हिउँ तथा बरफ)…

Translate »