ChitrawanMedia

ChitrawanMedia

बाढी प्रभावितलाई अमेरिकाको थप ३६ लाख डलरभन्दा बढी सहायता

अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय…

बाढीपीडितका लागि काठमाडौँ प्रशासनले राहत सामग्री सङ्कलन गर्ने

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री सङ्कलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ। कार्यालयले बुधबार सूचना जारी गर्दै काठमाडौँमा रहेका विभिन्न सङ्घसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकलाई बाढीपीडितका लागि खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा…

चितवनमा पहिचान हुन नसकेका २२९ शव जमिनमुनि व्यवस्थापन गरिँदै

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका तर पहिचान हुन नसकेका २२९ शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बाढीपछि जिल्लामा हालसम्म २३३ शव तथा शवका अवशेष संकलन भएका छन्। तीमध्ये चार शवको मात्रै पहिचान…

धादिङमा ‘सेफ’ तोडफोड गरी पैसा चोरी आरोपमा २९ जना पक्राउ

रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको ‘सेफ’ तोडफोड गरी पैसा चोरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । उनीहरूका साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बाढीले बगाई ल्याएको…

भोटेकोशी बाढी : ५८६ जनाको मृत्यु, २ हजार ४७८ बेपत्ता

नेपाल-चीन सीमा क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी दुवै देशमा कम्तीमा ५८६ जनाको मृत्यु भएको छ। महाविपद्को चौथो दिनसम्म दुई हजार ४७८ जना अझै बेपत्ता छन्। पछिल्लो विवरणअनुसार नेपालतर्फ ५७९ जनाको मृत्यु भएको छ भने एक हजार ९२४ जना…

टप एण्ड टी–२० सिरिज : नेपाल ‘ए’ आज भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै

अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज भिक्टोरिया सिए–११ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ। प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल आज सान्त्वना जितसहित प्रतियोगिताको सुखद…

आज देशभर वर्षाको सम्भावना, कोसी र गण्डकीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी

देशका अधिकांश स्थानमा आज (भदौ १३) वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाकी…

बाढीले अवरुद्ध नागढुंगा–मुग्लिन सडक खुल्यो

पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौं–मुग्लिन सडकमा लेदो थुपारेको थियो। बाढीले ठाउँठाउँमा थुपारेको लेदो पन्छाएपछि शुक्रबार राति ८ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा…

आज गाईजात्रा पर्व मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजबाट मनाइँदै छ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा,…

बाढी प्रभावित स्थानीय तहका लागि ६ करोड ७५ लाख निकासा

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्म उक्त रकम निकासा गरेको हो।…

Translate »