ChitrawanMedia

ChitrawanMedia

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका…

नेपालमा बाढीको क्षतिप्रति ट्रम्पको चासो, सहयोगको वाचा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नेपाललाई सहयोगको…

सरकारको निर्देशन : भदौ १३ देखि विश्वविद्यालयका परीक्षा नचलाउनू

प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई…

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ। न्यायाधीश नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासमा सुनुवाइ भइरहेको हो। देउवा र खड्काले…

टिमुरेबाट १०५ जनाको सकुशल उद्धार

रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार भएको छ। नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गर्न सफल भएको हो। उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन्। यसैक्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई…

पृथ्वी राजमार्ग आज दिउँसोसम्म खुलाउने तयारी, १५ उपकरण परिचालन

बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग आज बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडकमा थुप्रिएको लेदो हटाउन १५ वटा उपकरण परिचालन गरी कामलाई तीव्रता दिइएको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बैरेनीदेखि गलौंदीसम्मको करिब…

रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १६२ पुग्यो, ३ हजारभन्दा बढी प्रहरी खोजीमा परिचालन

रसुवामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ। बुधबार बिहान गएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म १६२ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले खोजी तथा उद्धारका क्रममा भेटिएको शवको आधारमा उक्त विवरण सार्वजनिक गरेको…

त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा स्थगित गरिएको छ । व्यवस्थापन सङ्काय, डिनको कार्यालयले आज जारी गरेको सूचनाअनुसार एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र एमएटिएस कार्यक्रमअन्तर्गत आजका लागि निर्धारित परीक्षा स्थगित…

रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीन जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई…

बाढीको जोखिमपछि धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी काठमाडौंमै होल्ड

काठमाडौं । चीन तर्फबाट आएको भीषण बाढी भोटेकोसी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोकिएको छ । बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै…

Translate »