
हेटौडाँमा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बासुदेव खोलाले बगाएर बेपत्ता ११ वर्षीया सुमित्रा ब्लोनको शव घटना भएको तीन दिनपछि आज बिहान फेला परेको छ। साउन २ गते साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कदा लच्का तर्ने क्रममा चार बालिकालाई बासुदेव खोलाले बगाएको थियो।…








