Category ताजा समाचार

ग्यास अभावमा सडकमा पकाए खाना

काठमाडौँ । देशभर देखिएको खाना पकाउने ग्यासको अभाव र आपूर्ति समस्याविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनले काठमाडौँको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसअगाडि दाउरा बालेर खाना पकाउँदै विरोध प्रदर्शन गरेको छ। विद्यार्थीहरूले क्याम्पसअगाडिको सडकमा इँटा राखेर अस्थायी चुलो बनाएका थिए। सोही चुलोमा दाउरा बालेर…

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बिहीबार (भदौ २५) दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफल गरिने…

‘एलिफेन्ट इन द फग’ तीन विधामा मनोनित

घरेलु बक्सअफिसमा प्रदर्शनरत चलचित्र एलिफेन्ट इन द फग’ ले अन्तर्राष्ट्रिय अवार्डमा उल्लेखनीय सफलता हासिल गरेको छ । चलचित्र १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयनमा परेको हो । एसिया प्यासिफिक स्क्रिन एकेडेमीले सार्वजनिक गरेको मनोनयन सूचीअनुसार अविनाश विक्रम शाह…

कृषि बजेट घट्दा चितवनका किसानका कार्यक्रम प्रभावित

चितवनमा कृषि बजेटको आकार बर्सेनि खुम्चिँदै जाँदा किसानका आधारभूत तथा प्राथमिकता प्राप्त कार्यक्रम ओझेलमा पर्न थालेका छन् । बजेट अभावका कारण व्यावसायिक तरकारी, फलफूल, माटो सुधार, जैविक मल प्रवर्द्धन र कृषिउपज बजारीकरणजस्ता महत्वपूर्ण कार्यक्रम यस आर्थिक वर्षमा सञ्चालन हुन सकेका…

उद्धार कोषमा १२ अर्ब ४३ करोड मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार कोषको विभिन्न नौवटा बैंक खातामा ९ अर्ब १४ करोड ३९ लाख…

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन आग्रह

राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा फेरि उल्लेख्य बढेको भन्दै आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ । विभागले नयाँ राहदानी प्रणाली शुरुआत भएदेखि आमसेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको…

असोज ३ देखि उपत्यकामा २८ रात्रिकालीन बस थपिँदै

संविधान दिवसको अवसर पारेर आउँदो असोज ३ गतेदेखि काठमाण्डौ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ । विभिन्न ६ वटा नयाँ रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुन लागेको हो । काठमाण्डौ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा…

संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने

प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले सदनमा सम्बोधनका लागि सभामुखसँग समयका लागि अनुरोध गरेका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी…

बाढी प्रभावित क्षेत्रमा जेनेरेटर वितरण

भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ । ‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल,…

आज संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। यस्तै, ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’…

Translate »