Category समाज

बाढी प्रभावित स्थानीय तहका लागि ६ करोड ७५ लाख निकासा

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्म उक्त रकम निकासा गरेको हो।…

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका…

सरकारको निर्देशन : भदौ १३ देखि विश्वविद्यालयका परीक्षा नचलाउनू

प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई…

टिमुरेबाट १०५ जनाको सकुशल उद्धार

रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार भएको छ। नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गर्न सफल भएको हो। उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन्। यसैक्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई…

पृथ्वी राजमार्ग आज दिउँसोसम्म खुलाउने तयारी, १५ उपकरण परिचालन

बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग आज बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडकमा थुप्रिएको लेदो हटाउन १५ वटा उपकरण परिचालन गरी कामलाई तीव्रता दिइएको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बैरेनीदेखि गलौंदीसम्मको करिब…

रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १६२ पुग्यो, ३ हजारभन्दा बढी प्रहरी खोजीमा परिचालन

रसुवामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ। बुधबार बिहान गएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म १६२ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले खोजी तथा उद्धारका क्रममा भेटिएको शवको आधारमा उक्त विवरण सार्वजनिक गरेको…

रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीन जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई…

बाढीको जोखिमपछि धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी काठमाडौंमै होल्ड

काठमाडौं । चीन तर्फबाट आएको भीषण बाढी भोटेकोसी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोकिएको छ । बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै…

त्रिशूली–नारायणीमा बाढीको जोखिम, नदीमा नजान चितवन प्रशासनको आग्रह

चितवन । तिब्बततर्फबाट आएको बाढीका कारण त्रिशूली नदीमा बहाव बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सूचना जारी गर्दै त्रिशूली नदीमा आकस्मिक बाढी आउन सक्ने र नदीको बहाव बढेर विपद्को…

रसुवामा भीषण बाढी, पाँच जिल्लामा सतर्कता; प्रमुख सडकमा यात्रा नगर्न आग्रह

रसुवामा तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ। बाढीका कारण केही गाउँ डुबानमा परेका छन् भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तिब्बततर्फबाट आएको…

Translate »