Category ताजा समाचार

बेत्रावतीमा बाढीले पुरिएको घरभित्र २२ जनाको शव भेटियो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढी र लेदोले पुरिएको एउटा घरभित्र २२ जनाको शव भेटिएको छ। सुरक्षाकर्मीको टोलीले सोमबार खोजी तथा उद्धारका क्रममा घरभित्रबाट ६ वटा शव निकालेको छ भने बाँकी १६ वटा शव मंगलबार निकालिने जनाइएको छ। बुधबार…

सिन्धु जल सम्झौता कायमै रहेको अदालतको ठहर, भारत असन्तुष्ट

नेदरल्यान्ड्सको हेगस्थित स्थायी मध्यस्थता अदालतले भारतलाई पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनःपालना गर्न आदेश दिएको छ। अदालतले कश्मीर क्षेत्रमा निर्माण भइरहेका जलविद्युत् आयोजनासम्बन्धी गतिविधिलाई सम्झौताका प्रावधानअनुसार सीमित गर्नुपर्ने ठहर गरेको हो। अदालतले भारतले एकतर्फी रूपमा सम्झौता रद्द वा निलम्बन गर्नुपर्ने कुनै…

काठमाडौंमा ग्यास अभाव हुन नदिन राजधानी बाहिरै बोटलिङ सुरु

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएर राजमार्ग अवरुद्ध बनेपछि राजधानी बाहिर ग्यास वोटलिङ गरिने (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् । नेपाल…

हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि नयाँ रुट व्यवस्था लागू

हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ। स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन्। काठमाडौंबाट हेटौँडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ। जिल्ला प्रशासन कार्यालय…

बहराइनमाथि ७ विकेटको जित, प्रिमियर कपमा नेपालको विजयी सुरुवात

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। सोमबार भएको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। मलेसियाको वाइएसडी–युकेएम ओभलमा बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट…

अमेरिका–इजरायलविरुद्ध मुस्लिम देश एकजुट हुन खामेनीको आह्वान

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले मध्यपूर्वका मुस्लिम राष्ट्रहरूलाई अमेरिका र इजरायलविरुद्ध एकजुट हुन आह्वान गरेका छन्। मध्यपूर्वमा युद्ध सुरु भएको करिब छ महिनापछि आइतबार सार्वजनिक गरिएको लिखित सन्देशमार्फत उनले यस्तो आह्वान गरेका हुन्। शिया मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मदिन मनाइरहेका…

भोटेकोशी बाढी : चितवनमा १९९ शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवन क्षेत्रमा फेला परेका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका-१ स्थित देवघाट जङ्गलमा ती शवहरूको व्यवस्थापन गरिएको हो।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख…

तनहुँमा पशु विकास कार्यक्रमबाट ५६५ किसान लाभान्वित

तनहुँ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट जिल्लाका ५६५ किसान लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८२–८३ मा सञ्चालन गरिएको कार्यक्रमका लागि विनियोजित ३० लाख बजेटमध्ये २९ लाख ३१ हजार खर्च…

बाढीमा बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको शाखाबाट करिब डेढ करोड रुपैयाँ नगद र अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारिएको छ। प्रहरीका अनुसार निरन्तर करिब आठ घण्टाको प्रयासपछि कृषि विकास बैंकको त्रिशूली–ढुंगे शाखाबाट…

प्रधानमन्त्री दैवी प्रकोप कोषमा थपिँदै सहयोग, ५ अर्ब २४ करोड संकलन

बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म ५ अर्ब २४ करोड ६९ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोष तथा…

Translate »