Category ताजा समाचार

पृथ्वी राजमार्ग आज दिउँसोसम्म खुलाउने तयारी, १५ उपकरण परिचालन

बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग आज बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडकमा थुप्रिएको लेदो हटाउन १५ वटा उपकरण परिचालन गरी कामलाई तीव्रता दिइएको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बैरेनीदेखि गलौंदीसम्मको करिब…

रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १६२ पुग्यो, ३ हजारभन्दा बढी प्रहरी खोजीमा परिचालन

रसुवामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ। बुधबार बिहान गएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म १६२ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले खोजी तथा उद्धारका क्रममा भेटिएको शवको आधारमा उक्त विवरण सार्वजनिक गरेको…

त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा स्थगित गरिएको छ । व्यवस्थापन सङ्काय, डिनको कार्यालयले आज जारी गरेको सूचनाअनुसार एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र एमएटिएस कार्यक्रमअन्तर्गत आजका लागि निर्धारित परीक्षा स्थगित…

रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीन जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई…

बाढीको जोखिमपछि धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी काठमाडौंमै होल्ड

काठमाडौं । चीन तर्फबाट आएको भीषण बाढी भोटेकोसी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोकिएको छ । बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै…

त्रिशूली–नारायणीमा बाढीको जोखिम, नदीमा नजान चितवन प्रशासनको आग्रह

चितवन । तिब्बततर्फबाट आएको बाढीका कारण त्रिशूली नदीमा बहाव बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सूचना जारी गर्दै त्रिशूली नदीमा आकस्मिक बाढी आउन सक्ने र नदीको बहाव बढेर विपद्को…

रसुवामा भीषण बाढी, पाँच जिल्लामा सतर्कता; प्रमुख सडकमा यात्रा नगर्न आग्रह

रसुवामा तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ। बाढीका कारण केही गाउँ डुबानमा परेका छन् भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तिब्बततर्फबाट आएको…

महाधिवेशन रोक्न सर्वोच्चबाट अन्तरिम आदेश आउने सम्भावना देख्दिनँ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी हुने सम्भावना आफूले नदेखेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै शर्माले कांग्रेस इतर समूहले महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट दायर…

टप एण्ड टी-२० सिरिजमा आज नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीकाे सामना गर्दै

अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’ टोलीले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल दिउँसो सवा ३ बजे डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ । आज आफ्नो चौथो खेल खेल्दै गर्दा नेपाली टोली दोस्रो…

आज प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहले सांसदका प्रश्नको जवाफ दिँदै

प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जबाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जबाफ दिने सम्भावित कार्यसूची छ। सभामुख डोलप्रसाद अर्यालले…

Translate »