Category ताजा समाचार

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ। पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा जाने पर्यटक बस सोही राजमार्ग…

चितवन कारागारका कैदीबन्दी बने बाढीपीडितका सहारा

चितवनको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन्। कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन्। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन्। उनीहरुले डसना, ब्लाङ्केट, तन्ना,…

इजरायलमा केयरगिभरका लागि १,४६४ पद खुला

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका विभिन्न उमेर समूहका व्यक्तिको हेरचाहका लागि सहायक कामदारको आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार इजरायलका लागि १ हजार ४६४ जना कामदार माग गरिएको छ। जसमा १ हजार १३२ जना महिला…

प्रधानमन्त्रीको न्युयोर्क भ्रमण टोली तय

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जाने भएको छ। प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत प्रधानमन्त्रीको सचिवालय, परराष्ट्र मन्त्रालय तथा सुरक्षा निकायका अधिकारी…

आज ‘जेन्जी’ शहीद दिवस : सार्वजनिक विदा

आज ‘जेन्जी’ शहीद दिवस मनाइँदै छ । गत २३ भदौमा ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा…

रसुवा बाढीको प्रभाव : किरियापुत्री घरहरूमा ठाउँकै अभाव

२१ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर ४० वर्षीय हरिप्रसाद मैनाली बेपत्ता भए । १० भदौको बाढीमा परेका उनको अवस्था पत्ता लागेन । धेरैदिन खोजी गर्दा पनि फेला पर्ने सम्भावना कमजोर हुँदै गएपछि परिवारले हरिप्रसाद फर्केर आउने आशा मार्नुपर्‍यो ।…

खाना पकाउने ग्यासको मूल्यमा १ सय ५ रुपैयाँले वृद्धि

उद्योगीहरूले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन्। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको भन्दै व्यवसायीले प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ १८ पैसा मूल्य वृद्धि गरेका हुन्। मूल्य वृद्धिसँगै काठमाडौँ उपत्यकामा एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य २ हजार ६० रुपैयाँबाट…

त्रिशूली–३ ए सुरुङमा फसेकासँग संवाद, एकभन्दा बढीको आवाज सुनियो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीका कारण थुनिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका क्रममा शुक्रबार उद्धारकर्मी र सुरुङभित्र रहेका व्यक्तिबीच संवाद भएको छ। नौ दिनदेखि जारी खोज तथा उद्धारका क्रममा सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको…

बीपी राजमार्गमा सवारी चाप बढेपछि आलोपालो प्रणाली लागू

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा बाढीका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको बीपी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। बढ्दो चाप व्यवस्थापन गर्दै आवागमन सहज बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो प्रणाली लागू गर्ने निर्णय गरेको छ। जिल्ला सुरक्षा…

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान्…

Translate »